कोरोना भाईरसको विश्व अर्थतंत्रमा प्रभाव

२०१९ को डिसेम्बर बाट सुरु भएको कोरोना अहिले विश्व भरनै फैलिएको छ। चीनको वुहान प्रान्तबाट सुरु भएको यो रोगबाट संसारको सबै कुना ग्रस्त भैसकेको छ। चीनबाट धेरै टाढा अमेरीकामा अहिले विश्वकै सर्वाधिक संख्यामा यस रोगबाट ग्रसीत विरामीहरु छन्। यसको सर्वाधिक उत्तरदायीको रुपमा त्यहाँको राष्ट्रपति जिम्मेवार रहेको पाईन्छ। कोरोना भाइरस निस्केको धेरै पछि मात्रै अमेरीकामा यो रोग देखा परेको थियो। त्यहाँको राष्ट्रपतिले यो रोगलाई सामान्य रुघाखोकिको रुपमा लिई आफ्नो जनतालाई कामको लागी निस्किन उक्साइरहे। यहि कारण त्यहाँको देशवासीमा यो रोगको भय रहेन। यसले गर्दा आजको मितिमा त्यहाँको विरामीको संख्या २१५,३५७ पुगेको न्यु योर्क टाईम्सले जनाएको छ र यो अझै बढ्ने क्रम जारी छ। उनीहरुको अध्ययनले यो रोगले अमेरीकामा मात्रै १००,००० देखी २४०,००० सम्म मानिसको ज्यान जान सक्ने देखाएको छ। यो संख्या सुन्दा एउटा सानो सहरको सबै जना सखापनै हुने जस्तो देखिन्छ। मानौ जापानमा खसालेको जस्तो परमाणु बम कसैले अमेरीकामा खसालेको भान पनी हुन्छ। यस्तो कोरोना भाईरसको सबै भन्दा ठुलो धक्का विश्व अर्थतंत्रमा लागेको छ।

चीनबाट यो भाईरस सुरु भएता पनी कडा प्रतिबन्ध र नयाँ टेक्नोलोजीलाई प्रयोगमा ल्याई यो रोगलाई नियन्त्रण गर्न सफल भएको देखिन्छ। तर त्यसको वापत धेरै ठुलो आर्थिक क्षती उसले बेहोर्नु परेको छ। धेरै उद्योग कल कारखाना बन्द छन् भने कतीपय लिलामीको अवस्थामा पनी पुगेको बताइएको छ। बेरोजगारीको संख्या पनी बढ्ने देखिएको छ। दक्षिण कोरियामा पनी धेरै ठुलो क्षती पुगेको श्रोतले जनाएको छ। धेरै उद्योग तथा कम्पनीहरूले आफ्नो कर्मचारी घटाई कम्पनी बचाउन पनी थालिसकेका छन्। चीनमा कोरोना विरामीको हालको संख्या ८१,६४७ छ भने दक्षिण कोरियामा ९,९७६ छ। त्यसै गरी जापानमा मात्रै अहिले सम्ममा ३,२२२ जनामा कोरोना भेटिएको जनाएको छ। अर्थतंत्रमा धक्का पुग्ने खतरा र अहिले सम्म यो रोग नियन्त्रणमा रहेकोले जापानमा विदेशी उडान निषेध गर्ने बाहेक देश भित्र भने कुनै किसिमको प्रतिबन्ध लगाइएको छैन। त्यसको सट्टामा आफ्नो शक्ति यो रोगको खोप विकासमा लाउनुका साथै आफ्नो जनतालाई सुरक्षित भइ बस्न र आवश्यक बिना बाहिर ननिस्किन निरन्तर आग्रह गर्दै आएको छ।

अमेरीकामा भने यो रोगमा जीत पाए भने पनी धेरै मानिस बेरोजगार हुने र धेरै उद्योग कल कारखाना बन्द हुन सक्ने बताइएको छ। अहिलेको अवस्था भनेको २००८-२००९ को व्यापारीक मन्दी भन्दा भयावह रहेको विज्ञहरुको दाबी छ। अमेरीकी सरकारले साना उद्योग बचाउन आर्थिक सहयोग पनी गर्ने बताउदै आएको छ। अमेरीकी सेयर बजार हेरे पनी अहिलेनै यो केहि वर्ष यताकै सर्वाधिक मन्दि आएको देखिन्छ। अझ रोग संग लड्दै गरेको (जीत नपाइसकेको) अवस्था रहेको हुँदा यो मन्दि अझै बढ्ने विज्ञहरुको दाबी छ। उदाहरणको लागी अमेरीकामा सर्वाधिक लोकप्रिय सेयर DOW J (Dow Jones Industrial Average) प्रकोप हुनु भन्दा पहिलेको भाउ २९,१०२ थियो भने अहिले घटेर २१,२१० रहेको छ। भाईरस संग लडिरहेको समय भएको हुनाले यो भाउ अझै घट्ने अनुमान सजीलै लगाउन सकिन्छ।

नेपालमा हालसम्म त्यती ठुलो प्रकोप नदेखिएता पनी यो रोगको भयावह प्रकोप हुन सक्ने खतरामा सचेत हुँदै रोगको खोप ननिस्किए सम्म पूर्ण सतर्कता अपनाउन पर्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *