विदेशी दर्शकहरूले यस बर्षको ओलम्पिकको लागि जापान प्रवेश गर्न पाउने छैन

कोरोनाभाइरसप्रति सार्वजनिक चासोको कारण जापानमा हुन गैरहेको ओलम्पिक र प्यारालिम्पिक खेलमा विदेशी दर्शकहरूले जापान प्रवेश गर्न पाउने छैनन, टोकियोले पनि विदेशी सरकारहरूलाई खेलहरू हेर्ने प्रतिष्ठित व्यक्तिको संख्या सीमित गर्न आग्रह गरिरहेको छ।

राज्य र सरकार प्रमुखहरूले जापानको उद्घाटन र समापन समारोहको लागि यात्रा गर्ने अपेक्षा गरिन्छ। तीमध्ये फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन पनि छन्, जसले २०२४ को खेल पेरिसमा आयोजना गर्ने छन।

जापानले प्रत्येक राज्यलाई प्रतिनिधिमण्डलको आकार अधिकतम १२ जनालाई राष्ट्र प्रमुखका लागि र पाँच जना क्याबिनेट मन्त्रीको लागि सीमित गर्न अनुरोध गरिरहेको छ।

जापानले प्रत्येक विदेशी प्रतिनिधिमण्डलको आकारलाई अन्तिम रुप दिए पछि तयारी शुरू गर्ने भनेर भनिएको छ।

https://www3.nhk.or.jp/nhkworld/en/news/list/?tagId=2